काठमाडौँ, भदौ ९ गते । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । आज हुने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलङ्का र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलङ्कालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।


पहिलो खेलमा भारतसँग २–१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बङ्गलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।