काठमाडौँ, भदौ ७ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय रुपैयाँ निर्धारण भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । विहीबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।