फाइल तस्वीर
काठमाडौँ, भदौ ६ गते । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सस्थित मैदानमा आज बिहीबार दिउँसो ३ बजे आयोजक राष्ट्र नेपाल र बङ्गलादेशबीच हुँदैछ ।
यी दुवै देशका टिमहरु एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छन् । समूह ‘ए’मा रहेका तीन टिममध्ये श्रीलङ्का लगातार दुई हार व्यहोर्दै समूह चरणबाट बाहिरिएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र नेपालसँग १–० गोलले पराजित भएको श्रीलङ्का आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेलमा पनि बङ्कलादेशसँग २–० गोलको अन्तरले हार्न पुगेको थियो ।

नेपाल र बङ्गलादेशबीचको आजको खेल समूहको विजेता र उपविजेता को हुने भन्ने निर्धारण हुनेछ । सेमिफाइनलमा पुगेका यी दुवै टिमबीच हुने आजको खेल विजेता र उपविजेताको लागिमात्रै हुनेछ ।

छ राष्ट्र सम्मिलित जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ मा समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूह बनाइएको थियो । समूह ‘बी’ भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’मा रहेका तीन वटा टिममध्ये कुन टिम समूहचरणबाट बाहिरिन्छ भन्ने अबका खेलले निश्चित् गर्ने छ । भारत र भुटानले एक÷एक जित निकालेका छन् । अब भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने छ । यदि माल्दिभ्सले भारतलाई हराउन सके समूह ‘बी’ बाट सेमिफानलमा जान रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।

समूह चरणको पहिलो खेलमा भारतसँग १–० गोलले पराजय भोगेको भुटानले हिजो बुधबार भएको आफ्नो दोस्रो खेलमा मालदिभ्सलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो । भारतसँग पहिलो खेलमा हारेको भुटानले माल्दिभ्सलाई हिजो बुधबार भएको खेलमा २–१ गोलले पाखा लगाएको थियो । आफ्नो पहिलो खेल खेलेको माल्दिभ्सले अब भारतसँग अन्तिम खेल खेल्दैछ । भारत र माल्दिभ्स दुवैले समूह चरणको आफ्नो खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ । दक्षिण एसियाली पावर हाउस मानिने भारतभन्दा माल्दिभ्स केही कमजोर त छनै । तर खेल हो, यसैभन्न सकिने हुँदैन । यदि भारतले अबको अन्तिम खेलमा माल्दिभ्सलाई हराएमा समूह ‘बी’बाट भारत र भुटान सेमिफाइनलमा जानेछन् । जसमा भारत समूह विजेता र भुटान उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले आजको खेलमा बङ्गलादेशलाई घरेलु मैदानमा पराजित गर्नसके नेपाल समूह ‘ए’बाट विजेता र बङ्गलादेश उपविजेता बन्नेछन् । समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग फाइनलमा प्रवेश गर्नका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैले पनि नेपाल घरेलु मैदानको फाइदा उठाउँदै बङ्गलादेशलाई पराजित गर्दै आफ्नो समूहको विजेता बन्न चाहन्छ ।

समूह चरणको अन्तिम खेलमा भोलि शुक्रबार भारत र मालदिभ्सबीच हुनेछ । यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।