फुङ्लिङ, भदौ ४ गते । सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो ।

लाखेजात्राका अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोतितामा आठ टोली सहभागी छन् । सेमिफाइनलमा सिरहाले यही भदौ ६ काठमाडौँ र झापाबीचको बिजेतासँग खेल्नेछ । 

प्रतियोगिताको बिजेताले पाँच लाख र उपबिजेताले दुई  लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।