काठमाडौँ, भदौ २ गते । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला  एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ५० ले वृद्धि भएको हो ।