काठमाडौँ, भदौ २ गते । दक्षिण एसियाली देशबीच हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आज श्रीलङ्का र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो ३ बजबाटे सुरु हुनेछ ।

नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्यसहित प्रतियोगिताको तयारी गरेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।
यही भदौ १२ गतेसम्म चल्ने साफ यु–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन् ।