फाइल तस्वीर

काठमाडौँ, साउन ३२ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।