प्रतिकात्मक तस्वीर
काठमाडौँ, साउन ३१ गते । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करदिंदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएर घिसार्दा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुने महिलाको सनाखत भइ नसकेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित मानिसहरु विरोध प्रदर्शन गरिरहेका छन् । दुर्घटनाका कारण त्यहाँको सवारी आवागमन प्रभावित भएको छ । गठ्ठाघरको अवस्था तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान समेत भएको थियो ।