फाइल तस्वीर

वासिङ्टन, साउन ३१ गते । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पुर्व घोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिकोे संयुक्त चुनावी अभियानको नेतृत्व गर्नुहुनेभएको छ । उहाँहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो ।

बाइडेनले हिजो बुधबारको घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदमहरू चाल्ने बताउनुभएको थियो । उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महङ्गी वृद्धिलगायतका अलोकप्रिय मुद्दाहरूबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख गरेको छ ।
वर्तमान उपराष्ट्रपति एवम् डेमोक्याटिक पाटीका राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले भोलि शुक्रबार आफ्नै आर्थिक एजेण्डा सार्वजनिक गर्ने

यसैबीच राष्ट्रपतिको आगामी निर्वाचनका लागि रिपब्लिकनका उम्मेदवार डोनाल ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गर्नुभएको छ ।

अर्कोतर्फ, फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन् । यद्यपि जनविश्वास दर ह्यारिसको पक्षमा ४२ प्रतिशत र ट्रम्पको पक्षमा ४१ रहेको छ ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मुल्यवृद्धि नियन्त्रणलाई आत्मसाथ गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ ।

ह्यारिसले नीतिगत एजेण्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवद्र्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताउनुभएको छ । बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिति संयमता पूर्वक अगाडि बढ्ने समय भएको बताउनुभएको छ ।