फाइल तस्वीर ।
काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो ।

हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । आज मङ्गलबार २ हजार १ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोलाको १ लाख ५० हजार ८ सय रुपैयाँमा तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७ दशमलव ६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोवार भएसँगै नेपालमा पनि सुनको मूल्य आकाशिंदै गएको छ ।

यसैगरी सेतो धातु चाँदीको मूल्यमा पनि तोला २५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भएको छ ।