सिमकोट, साउन २८ गते । सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ । सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताउनुभयो ।

उक्त फार्मेसीले दर्ता नगरेको, मूल्यसूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद गुज्रेका औषधि नष्ट गरिएको थियो ।