फाइल तस्वीर

काठमाडौँ, साउन २७ गते । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख ४८ हजार १ सय रुपैयाँ कायम रहेको थियो । यसैगरी शुक्रबार प्रतितोला १ हजारल ७ सय ३० रुपैयाँ कायम रहेको आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ ।