काठमाडौँ, साउन २५ गते । सरकारले २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैको मितिबाट लागू हुनेगरी २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हा ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायी/आपूर्तिकर्ताले कुनैपनि सार्वजनिक खरिद प्रक्रियाको कारबाहीमा भाग लिन नपाउने जनाएको छ ।