तेह्रथुम, साउन २४ गते । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो ।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०÷८१ मा आठौँ स्थानमा उक्लिएको उहाँले बताउनुभयो । कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।