तस्वीरमा नेपालले माल्दिभ्सको खेल ।


काठमाडौँ, साउन २१ गते । काठमाडौँमा जारी काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ कोे सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो ।

पाँच देशको सहभागिता रहेको यस प्रतियोगितामा सबै टिमले एक अर्काविरुद्ध खेलेका थिए । प्रतियोगिताको अहिलेसम्मको अङ्क तालिका अनुसार दक्षिण एसियाली पावर हाउस भारत पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । यसैगरी इरान तेस्रो स्थानमा र श्रीलङ्का चौंथो स्थानमा रहेका छन् ।

आजै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई ३–० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का हो । पहिलो सेमिफाइनमा पनि यी दुवै टिमबीच प्रतिस्पर्धा हुने छ । पावर हाउस भारतभन्दा कमजोर मानिएको श्रीलङ्काले सेमिफानलमा भारतलाई हराउन ठूलो कसरत गर्नुपर्ने हुन्छ ।

यसैगरी दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच भिडन्त हुनेभएको छ । यी दुवै टिमबीच हिजो आइतबार पनि प्रतिस्पर्धातम खेल भएको थियो । निकै प्रतिस्पर्धात्मक हिजोको खेलमा इरानले नेपाललाई घरेलु मैदानमै हराउन पुगेको थियो । हिजोको खेलमा इरानले ३ सेट जितेको थियो भने नेपालले दुई सेट जितेको थियो ।

फाइनलमा यस क्षेत्रको पावर हाउस मानिएको भारत तय गर्ने निश्चित प्राय छ भने दोस्रो सेमिफाइनल नेपाल र इरानबीच कडा प्रतिस्पर्धा हुनेछ । नेपाललाई हिजो इरानसँगको हारको बदला दिंदै फाइनलको यात्रा तय गर्ने अवसर पनि रहेको छ । सेमिफाइनलमा नेपालले इरानको चुनौतीलाई पाखा लगाउन सके फाइनलमा भारतसँग भिड्नु पर्नेछ । यस अघिको खेलमा नेपालले भारतलाई ३—२ सेटमा हराएर ऐतिहासिक जित दर्ता गरेको थियो ।

यसैगरी सेमिफाइनलमा नेपालले इरानलाई हराउँदै फाइनलमा प्रवेश गर्न सकेमा भारतसँग प्रतिस्पर्धा हुनेछ । भारतलाई पुनः हराउन सके नेपाली महिला भलिबलमा एउटा नयाँ इतिहास लेखिने अवसर जुट्ने छ ।