तस्वीरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना ।


ढाका, साउन २१ गते। बङ्गलादेशमा विद्यार्थीहरुले सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन हुन नसकेको अवस्था र परिस्थिति काबुभन्दा बाहिर जाने देखिएकोले प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिनुभएको जनाइएको छ ।

आन्दोलन चर्किदै जाँदा आज सरकारसँग आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर प्रधानमन्त्री निवास समेत प्रवेश गरेको बताइएको छ । आन्दोलनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्री हसिनाले निवास छोडेर बाहिरिनुभएको थियो ।

कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका विद्यार्थीहरुको आन्दोलन चर्किंदै गएपछि त्यहाँको अदालतले कोटा प्रणालीमा सुधार गर्न आदेश दिएको थियो । विद्यार्थीहरुले पछि प्रधानमन्त्री हसिनाको राजीनामा माग गरेको थिए । विद्यार्थीको आन्दोलन चर्किदै जाँदा आन्दोलनले हिंसात्मक रुप लिएको थियो । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भई हिंसा भड्किंदा आइतबारमात्रै ९१ जनाको मृत्युभएको समाचारमा जनाइएको छ । आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलनले हिंसात्मकरुप लिएपछि तीन सय जनाभन्दा बढीको मृत्युभएको छ भने सयौं नागरिकहरु घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ ।

हिंसात्मक बन्दै गएको बङ्गलादेशा विद्यार्थीहरुको आन्दोलन


समाचारमा जनाइए अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै शेख हसिना हेलिकप्टर चडेर भारततर्फ प्रस्थान गर्नुभएको छ । बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग देशको वर्तमान परिस्थितिबारे छलफल गर्नुभएको बताइएको छ । राजनीतिक दलका नेताहरुसँगको छलफलपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि प्रधानमन्त्री हसिनाले हिजो आइतबार आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतङ्कवादी भएको’ प्रतिक्रिया दिनुभएको थियो । बङ्गलादेशमा भड्किंदै गएको हिंसात्मक आन्दोलनले गर्दा आज सोमबार देशभर इन्टरनेट सेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्री हसिनाले निवास छोडेर बाहिर