फाइल तस्वीर
कर्णाली, साउन २० गते । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र बिजया बुढा (हुम्ला)ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त हुनुभएको थियो ।