फाइल तस्वीर
काठमाडौँ, साउन १८ गते । सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्सी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज शुक्रबार एक सूचना जारी गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

गृह मन्त्रालयले प्रकाशित गरेको सूचनामा ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ भनि उल्लेख छ ।