सिमकोट, साउन १८ गते । सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गर्नुभएको छ ।

सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र सुधार गर्न शिक्षक, अभिभाव र विद्यार्थीसहित शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न अब पालिकाले विद्यालय सञ्चालक समिति र विद्यालयले शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष कार्कीबाट प्राप्त रकम शैक्षिक तथा खेलकुद सामग्री खरिदमा उपयोग गरिने विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।