फाइल तस्वीर

कास्की, साउन १७ गते । गण्डकी प्रदेश सरकारका मुख्य ठूला दुई सहयात्री दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दरार उत्पन्न भएको छ । सत्तासाझेदार यी दुई दलबीच काङ््ग्रेसबाट मुख्यमन्त्री बन्नुभएको सुरेन्द्रराज पाण्डेले एमालेलाई ‘इग्नोर’ गर्नुभएको विषयले दरार उत्पन्न भएको हो ।

मुख्यमन्त्री पाण्डेले एमाले र माओवादी केन्द्रको समर्थनविनै प्रदेशसभाबाट विश्वासको मत लिन सफल भएपछि गण्डकी प्रदेश सरकारमा काङ्ग्रेसको उन्मात चडेको जस्तो व्यवहारले एमाले तरङ्गित बनेको छ ।

एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीबाट विस्थापित गरी पुनः सुरेन्द्रराज पाण्डे स्वतन्त्र सांसद दिपक मनागे र नेकपा माओवादी केन्द्रको चुनाव चिन्न लिएर गोखराबाट प्रदेशसभाका सदस्य भन्नुभएका फडिन्द्र देवकोटाको बैशाखीमा बल्लतल्ल विश्वासको मत लिन सफल हुनुभएको थियो ।

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एमाले र नेपाली काङ्ग्रेसबीच चिसिएको सम्बन्ध केन्द्रमा भएको काङ्ग्रेस–एमालेको नयाँ समीकरणले गण्डकी प्रदेशमा पनि काङ्ग्रेस एमालेबीच सत्तासाझेदार बन्ने ढोका खुल्यो । नेकपा एमालेसँग सत्ता साझेदार बन्ने अवस्था सिर्जना भयो । तर केन्द्रमा काङ्ग्रेस–एमालेको समीकरण बने पनि गण्डकीमा भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई ‘इग्नोर’ गर्दा दुवै दलबीच दरार उत्पन्न भएको एमाले गण्डकीद्वारा जारी विज्ञप्तीले पनि इङ्कित गरेको छ । सत्तामा सामेल नहुँदै तिक्तता बढेको छ ।

काङ्ग्रेस–एमालेबीचको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री पाण्डेले एमालेलाई बेवास्दा गर्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगमा नेपाल समाजवादी र राप्रपाका एक÷एक जनालाई सदस्यमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेसँग एमालेको दरार बढ्नुमा गण्डकी प्रदेशमा प्रेश रजिस्टारको लागि दरखास्त माग गर्नु, मनकामना व्यवस्थापन समितिमा काङ््ग्रेसकै काजीबाबु श्रेष्ठलाई नियुक्त गर्नु र आफु स्वास्थ्य उपचारका लागि भारत जानु प्रमुख कारण बनेको देखिन्छ । मुख्यमन्त्री पाण्डे एमालेलाई सरकारमा सामेल गराउनुपूर्व नै प्रेस रजिष्ट्रारसहित अन्य ठाउँहरुमा पनि काङ्ग्रेस कार्यकर्ताहरुलाई नियुक्त गर्न चाहन्छ । यी सबै कारणबाट पनि मुख्यमन्त्री पाण्डेले आफुुलाई बेवास्ता गरेको एमालेको बुझाइ छ ।

गण्डकीमा अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन । मुख्यमन्त्री पाण्डे भारतबाट फर्किए पछिमात्रै एमालेसँग छलफल गरेर सरकार गठन हुने बताइएको छ । काङ्ग्रेस—एमालेको गठबन्धनबाट सरकार बन्दा मुख्यमन्त्री पाण्डेलाई हिजो एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीबाट विस्थापित गर्न सहयोग गर्ने स्वतन्त्र सांसद दिपक मनाङे र माओवादी केन्द्रबाट चुनाव जितेका नेसपाका नेता फणीन्द्र देवकोटालाई सरकारमै राख्न चाहेको देखिन्छ । तर एमालेले यी दुवै जनालाई हटाउन दवाव दिंदै आएको छ ।