काठमाडौँ, साउन १७ गते । साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय निर्धारण भएको छ ।