फाइल तस्वीर
लेखनाथ, साउन १४ गते । पोखरामा आज सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुदाँ आमा र छोराको मृत्यु भएको हो ।

बस दुर्घटनामा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पु¥याउने बित्तिकै पौने १० बजे मृत्यु भएको थियो भने उनका छोरा पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११:४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदैछ ।

ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए ।

घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहनकुमार थापाको कमान्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए ।

केही विद्यार्थीको अवस्था गम्भीर छ । अहिले गण्डकी मेडिकल कलेजमा पोखरा २१ कृस्तीकी ९ वर्षीय अनमोल विक, वर्ष १४ का दिप्सन कार्की, वर्ष १२ की बिसिका पौडेल, वर्ष ११ की विश्वास पौडेल, वर्ष ६ की योना गुरुङ, वर्ष ५ का रोशन बराल, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृति गुरुङ, वर्ष ६ का प्रिन्स राना, वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचार भइरहेको छ ।

यसैगरी मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदैछ । बसका चालक पोखरा–१७, वबिरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदैछ । भुजेलको अवस्था खतरामुक्त छ ।

बाँकी १२ घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुँदैछ । पोखरा २१ की अनन्या पौडेल, वर्ष ३० की सुमित्रा सुनार, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष २ का निर्दाेष सुनार र वर्ष ११ का निश्चल सुनार पनि घाइते हुनुभएको छ ।

१४ वर्षीय सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी भएको खुलेको छ । ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक हुनुहुन्छ । सोही घटनामा घाइते एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आले पनि घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ओरालो बाटोको घुम्तीमा दुर्घटना भएको उल्लेख गर्दै चालकले बसमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको सुनाउनुभयो । उद्धारमा आफैं खटिनुभएमा थापाले भन्नुभयो, “भिरालो, घुम्ती बाटोमा चालकले निणन्त्रण गुमाउँदा बस खसेको देखिन्छ । अन्य लापरवाही वा मादक पदार्थ सेवन गरेको देखिएन ।”