फाइल तस्वीर
काठमाडौँ, साउन १४ गते । स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा चार सयले वृद्धि भएको छ । हिजो आइतबार प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्यमा आज सोमबार चार सय रुपैयाले वृद्धिहुँदा एक लाख ४६ हजार एक सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

यसैगरी हिजो नेपाली बजारमा तेजावी सुन प्रतितोला एक लाख ४५ हजारमा कारोवार भएकोमा आज सोमबार एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आज एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।