फाइल तस्वीर
काठमाडौँ, साउन १४ गते । देशभरको मौसम सामान्यतया बदली छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले मौसम बदली रहेको हो ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै, कोशी प्रदेशका एक/दुई स्थानमा अहिले हल्का वर्षा भैरहेको छ । आज दिनभर देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ भने मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहने र राति सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा राति धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।

आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध
महाशाखाका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।