काठमाडौँ, साउन १३ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय निर्धारण भएको हो ।

शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।