फाइल तस्वीरः सडकमा पहिरो ।
सुर्खेत, साउन १३ गते । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । सडक खुलाउन भरमग्दुर भइरहेको उहाँले बताउनुभयो ।