फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रित नीति सार्वजनिक गर्न लागेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्नु अघि बैंकको सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिमा निर्णय गर्ने छ । भोलि सार्वजनिक गर्ने मौद्रिक नीति आर्थिक सुरु हुनेवित्तिकै आउने अपेक्षा गरिएको थियो । सरकार परिवर्तनले गर्दा मौद्रिक नीति सार्वजनिक हुन केही दिन ढिलाई हुन गएको बताइन्छ ।

मुलुकको अर्थतन्त्र दवाबमा रहेकाले पनि यस पटकको मौद्रिक नीतिप्रति बैंक तथा व्यापारी घराना र शेयर बजारका लगानीकर्ताहरुले निकै चासोका साथ हेरिरहेका छन् । मौद्रिक नीति प्रति सरकार र निजी क्षेत्रबीच बेलाबखत किचलो समेत हुने गरेका छन् । मौद्रिक नीति आउनुपूर्व बैंक तथा व्यापारिक क्षेत्रबाट सरकार र केन्द्रीय बैंकमा समेत विगतमा दवाव दिने गरिएका छन् । त्यसैले राष्ट्र बैंकले भोलि सार्वजनिक गर्ने मौद्रिक नीतिलाई सबै क्षेत्रबाट निकै चासोका साथ हेरिंदै आएको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति भएकाले मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत् देशको आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

मौद्रिक नीतिmे एक अर्थमा मुद्राको मूल्य निर्धारण गर्नेभएका पनि राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिप्रति सबैको चासो हुनु स्वभाविक नै मान्नुपनेए हुन्छ । देशको मौद्रिक नीतिले बजारलाई प्रभाव पार्ने हुँदा प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ताको ध्यान पनि केन्द्रीत हुन पुग्दछ । वस्तु आयात निर्यात, बैंकको ब्याज, व्यापार व्यवसायलाई पर्ने प्रभाव जस्ता कुराहरु मौद्रिक नीतिमा भर पर्दछ । पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुने कुरा हो ।

सरकार फेरिएसँगै मौद्रिक नीतिमा पनि प्रभाव पर्ने हुन्छ । वर्तमान एमाले नेतृत्वको सरकार आइसकेपछि मौद्रिक नीति केही लचिलो हुनसक्ने अर्थविद्हरुको बुझाइ छ ।