प्रतिकात्मक तस्वीर
रसुवा, साउन १० गते । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले २२ वर्षीय नुर्पु तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो ।