फाइल तस्वीर: पूर्वराज्यमन्त्री रामचन्द्र राय ।


सर्लाही, साउन ७ गते । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय राय मृतावस्थामा फेलापरेका हो ।

प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयो । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।