फाइल तस्वीर


काठमाडौँ, साउन ७ गते । मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज सोमबार देशभरको मौसममा आंशिक बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले देशको मौसममा आंशिक प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी लगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा जनाइएको छ ।

महाशाखाले यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।