फाइल तस्वीर
ताप्लेजुङ, साउन ३ गते । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि सुरु हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिने छ ।