फाइल तस्वीर


काठमाडौँ, साउन १ गते । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज मङ्गलबार बिहान मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली भइरहनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ भने गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो भारी वर्षा हुनसक्ने छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।