तस्वीरमा अर्जेन्टिना र कोलम्बियाबीचको खेल ।


काठमाडौँ, असार ३१ गते । कतार विश्वकप विजेता अर्जेन्टिनाले जारी कोपा अमेरिका–२०२४ को उपाधी रक्षा गर्न सफल भएको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा आज बिहान भएको फाइनल खेलमा कोलम्बियामाथि १–० को जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको हो ।

साविक विजेता अर्जेन्टिनाले आज बिहान भएको फाइनल खेलमा कोलम्बियालाई पराजित गर्दै १६ औँ पटक कीर्तिमानी उपाधि चुम्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको यी दुई टोलीमा जस्ले जिते पनि नयाँ इतिहास रच्ने थिए । खेलको १ सय १२ औँ मिनेटमा लउतारो मार्टिनेजले गरेको १ गोल नै अर्जेन्टिनाका लागि बरदान सावित भयो । उक्त गोल नै निर्णायक गोल भएकाले कोपा अमेरिका फुटबलको सबैभन्दा धेरै उपाधी चुम्ने देश अर्जेन्टिना बनेको छ ।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ । 

जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो । 

आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो । समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ६६ औँ मिनेटमा अर्जेन्टिनी टिमका कप्तान लियोनल मेस्सीले मैदानमा घाइते हुन पुग्दा उनले बाँकी खेल गुमाउनु परेको थियो । कोलोम्बियाको यो पराजयसँगै २७ खेलको अपराजित यात्रामा अर्जेन्टिनाले पूर्णविराम समेत लगाइदिएको छ ।

यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।