तस्वीरमा चौंथो पटक युरोकपको उपाधी जितेपछि खुसीहुँदै स्पेनका खेलाडीहरु


काठमाडौँ, असार ३१ गते । जर्मनीमा भएको युरोकप फुटबलको उपाधीमा यस पटक स्पेनले बाजिमारेको छ । नेपाली समयअनुसार आज सोमबार बिहान भएको अन्तिम खेलमा स्पेनले इङ्ग्याल्याण्डलाई पाखालगाउँदै जारी संस्करणको उपाधी जित्न सफल भएको हो ।

यसअघि तीन पटकसम्म युरोकपको उपाधी चुमेको स्पेनले नयाँ कीर्तिमानी रच्दै चौंथो पटक युरोकपको उपाधी हात पारेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक फाइनलको मध्यान्तर अघि दुवै टिमबाट गोल हुन सकेको थिएन । मध्यान्तर पछि स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गर्दै टिमको जितलाई सुनिश्चित बनाएका हुन् । इङ्ग्ल्याण्डका लागि कोल पाल्मरले सान्तोना गोल फर्काए ।

मध्यान्तरखेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर खेलको ७३ औं मिनेटमा इङ्ग्ल्याण्डका लागि कोल पाल्मरले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए । एक÷एक गोलको बराबरीमा खेलिरहेका दुवै टिम उपाधीका लागि गोल थप्ने प्रतिस्पर्धामा रहँदैगर्दा खेलको ८६ औं मिनेटमा ओयाबाजलले इङ्ग्ल्याण्डविरुद्ध गोल गर्दै आफ्नो टिमको गोललाई दोब्बर बनाउन सफल भए ।क ओयाबाजललेको गोलकै कारण इङ्ग्ल्याण्डस्तब्ध बन्न पुग्यो । युरोपक उपाधी जित्ने इङ्ग्ल्याण्डको सपना यस पटक पनि अधुरै रहन पुग्यो भनेस्पेनले चौथो पटक युरो च्याम्पियन बन्न सफल भयो ।

सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको स्पेनले लामो समयको अन्तराल पछि सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । सन् २०२४ युरोकपको उपाधी जितेसँगै स्पेन युरोको सर्वाधिक सफल टोली बन्न पुगेको छ ।

अघिल्लो संस्करणमा पनि फाइनलमा प्रतिस्पर्धा गरेको इङ्ग्ल्याण्ड जसरी उपविजेतामै रोकिएको थियो यस पटक पनि उसको उपाधी चुम्ने लक्ष्यमा स्पेन बाधक बन्न पुग्यो । यसअघि सन् २०२१ मा भएको युरोकपको फाइनलमा पुगेको इङ्ग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।