फाइल तस्वीर
कोलम्बो, असार ३० गते । प्यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) को प्रतिज्ञा सम्मेलनका क्रममा उक्त सहयोगको घोषणा गरिएको हो ।

माल्दिभ्स सरकारले प्यालेस्टाइनलाई दिने वार्षिक पाँच हजार अमेरिकी डलर अनुदानमा १० गुणाले वृद्धि गरी यस वर्ष ५० हजार अमेरिकी डलर पु¥याएको नासिरले बताउनुभयो ।

माल्दिभ्सका प्रतिनिधि मोहम्मदले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो आर्थिक सहयोग बढाउन र यूएनआरडब्लूए पहललाई अगाडि बढाउन राजनीतिक दायित्व पूरा गर्न पनि आग्रह गर्नुभयो ।