फाइल तस्वीर
काठमाडौँ, असार २६ गते । कोपा अमेरिका फुटबल–२०२४ अन्तर्गत जारी प्रतियोगिताको फाइनलमा विश्वविजेता टिम अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले १/१ गोलको साझेदारी गर्दै कोपाको फाइनलमा प्रवेश गरेको छ । सन् २०२२ मा कतारमा सम्पन्न भएको फिफा विश्वकप विजेता अर्जेन्टिना २०२१ को कोपा विजेता पनि हो ।

अब उपाधिको लागि अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग भिड्ने छ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । खेलको पहिलो हाफको २१ औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछिको खेलको ५१औँ मिनेटमा एन्जो फर्नान्डेजको पासमा अर्जेन्टिनाका लागि कप्तान मेसीले गोल गर्दै टिमको गोललाई दोब्बर बनाए । जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो । विश्वकप विजेता अर्जेनिमेसीले अहिलेसम्म कोपामा १३ गोल गरेका छन् । उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा सातौं स्थानमा छन् ।