काठमाडौँ, असार २५ गते । स्थानीय बजारमा सुन मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।