फाइल तस्वीर


काठमाडौँ, असार २१ गते । आज मुलुकभरको मौसममा साधारणदेखि पूर्णतया बदली भएको छ । मुलुकभर मनसुनी वायुको प्रभाव रहेकोले मौसममा पूर्णतया बदली भएको हो ।

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार बिहान कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ । देशका सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेलिटनमा उल्लेख छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी बर्षाको सम्भावमा रहेको महाशाखाद्वारा जारी गरेको बुलेटिनमा जनाइएको छ ।