फाइल तस्वीर
प्यालेस्टिनी क्षेत्र, जेठ २७ गते । इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।