फाइल तस्वीर
कायरो, जेठ २७ गते । इजिप्टको विदेश मन्त्रालयले मध्य गाजाको नुसिरात शिविरमा १५० जना भन्दा बढी प्यालेस्टिनी मारिएका इजरायली हमलाको शनिबार जारी गरेको विज्ञप्तिमार्फत कडा निन्दा गरेको छ । “यो आक्रमणको परिणामस्वरूप एक सय ५० भन्दा बढी प्यालेस्टिनी नागरिकहरूको मृत्यु हुनुका साथै सयौं घाइते भए छन् । इजरायलले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनका सबै प्रावधानहरू, मानवता र मानव अधिकारका सबै मूल्यहरूको खुल्लमखुल्ला उल्लङ्घन गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
इजिप्टले यस आक्रमणका लागि स्पष्ट रुपमा इजरायललाई कानुनी र नैतिक रूपमा जिम्मेवार ठहर गर्दै इजरायलले आफ्नो दायित्वको पालना गर्न र प्यालेस्टिनी नागरिकहरू र उनीहरु विस्थापित भएका क्षेत्र लक्षित हमला रोक्न माग गरेको छ । विज्ञप्तीमा गाजा पट्टीमा सबै पूर्वाधारको अनावश्यक विनाशको पनि निन्दा गरिएको छ ।
इजिप्टले गाजाविरुद्ध इजरायली युद्ध तत्काल रोक्न प्रभावशाली अन्तर्राष्ट्रिय दल र सुरक्षा परिषदलाई आह्वान गरेको छ । इजिप्टले ३६ हजार भन्दा बढी मानिसको ज्यान लिएको यो मानवीय सङ्कट अन्त्य गर्न जिम्मेवार निकायको आवश्यकतामा जोड दिँदै गाजा पट्टीभरि पूर्ण युद्धविराम हासिल गर्ने अनिवार्यता र क्षेत्रमा सबै क्रसिंगहरू मार्फत मानवीय सहायता र राहत आपूर्तिको अप्रतिबंधित प्रवेशलाई जोड दिएको छ ।