काठमाडौँ, जेठ २७ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार निर्धारण भएको हो । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।