फाइल तस्वीर

काठमाडौँ, जेठ २३ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।