काठमाडौँ, जेठ २२ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज १ हजार ७ सय रुपैयाँ बढेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको हो ।