फाइल तस्वीर
काठमाडौँ, जेठ २० गते । अमेरिकामा आजबाट सुरुभएको आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले आयोजक राष्ट्र अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । ड्यालसमा भएको खेलमा टस हारेर ब्याटिङमा ओर्लिएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

आगामी जुन २९ तारिखसम्म सञ्चालन हुने यस प्रतियोगितामा आयोजक राष्ट्र अमेरिका र वेष्ट इण्डिजसहित २० टोली सहभागी छन् । जारी टी–२० विश्वकपको नवौँ संस्करणमा २० टोलीमा नेपाल पनि सहभागी छ । समूह ‘डी’ मा नेपालसँगै नेदरल्याण्ड्स, बङ्गलादेश, श्रीलङ्का, र दक्षिण अफ्रिका रहेका छन् । प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । एक महिनासम्म सञ्चालन हुनेछ ।

नेपाली समयअनुसार आज आइतबार बिहान सवा ६ बजेदेखि सुरुभएको यो प्रतियोगिता अमेरिकाले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।