तस्वीरमा आईसीसी टी–२० विश्वकप ।


काठमाडौँ, जेठ २० गते । आजदेखि आईसीसी टी–२० विश्वकप शुरु हुँदैछ । अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गरिएको यो आईसीसी टी–२० विश्वकप प्रतियोगिताको उद्घाटन खेल आज आइतबार अमेरिकाको डालसमा सुरुभएको हो ।


आगामी एक महिनासम्म एक महिनासम्म चल्ने यस प्रतियोगितको सुरुवाती खेल आयोजक राष्ट्र अमेरिका र क्यानडा हुनेछ । खेल नेपाली समय अनुसार आज बिहान सवा ६ बजे भइसकेको छ ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ सुरु गरेको छ । टेक्ससको डालसस्थित ग्रान्ड प्रेरी स्टेडिययमा घरेलु टोली अमेरिकासहित क्यानडाले विश्वकपमा डेब्यु गरेका छन् ।

अमेरिका आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा छनोट भएको हो भने क्यानडा अमेरिकी छनोट भएर विश्वकप खेल्न पुगेको हो । अमेरिकाले पहिलो पटक आईसीसीको ठूलो प्रतियोगिता आयोजना गरेको हो भने वेष्ट इण्डिजले यसअघि सन् २००७ मा ५० ओभरको विश्वकप र सन् २०१० मा टी–२० विश्वकपको आयोजना गरिसकेको छ । वेष्ट इण्डिजले महिला टी–२० विश्वकपको समेत आयोजना गरिसकेको छ ।