दाङ, असार १२ गते । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ । प्रदेशसभाको आज बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो । आगामी वर्ष आन्तरिक राजस्वमार्फत् सात अर्ब ५१ करोड रुपैयाँ र सङ्घबाट १२ अर्ब एक करोड रुपैयाँ र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड रुपैयाँ र स्थानीय तहबाट दुई अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।