फाइल तस्वीर
काठमाडौँ, असार ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्धाको बहस सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त मुद्धमाको अन्तिम बहस आज सकिएको हो ।

उक्त मुद्धाको फैसला आजै आउन सक्ने बताइएको छ । बहस सकिए पछिको न्यायाधीशहरु फैसला सुनाउने तयारीमा जुट्नुभएको सर्वोच्च स्रोतले बताएको छ ।

सर्वोच्चले हिजो सोमबार नै सुनुवाइ सक्ने भनिएको थियो । तर कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि उक्त मुद्धालाई हेर्दाहेर्दैमा राखिएको थियो र सोको अन्तिम सुनुवाई आज भएको हो ।

कोशी प्रदेशका तात्कालिन मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुडले केदार कार्कीलाई मुख्यमन्त्रीबाट बर्खास्त गरी एमाले कोशी प्रदेश संसदीय दलका नेता हिम्मक कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सोको विरुद्ध तात्कालिन मुख्यमन्त्री कार्कीले वर्तमान मुख्यमन्त्री कार्कीविरुद्ध सर्वोच्च अदातलमा असंवैधानिक कदम भएको भन्दै रिट दायर गर्नुभएको थियो । सो रिटमा गत जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो । पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो पेशीको दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भएको थियो ।

हिजो सोमबारको बहसमा सरकारी वकिलहरूले मुख्यमन्त्रीको बचाउ गर्दै बहस पैरवी गर्नुभएको थियो । आज साँझसम्ममा उक्त मुद्धाको फैसला आउने बलियो सम्भावना छ । आज हुन सक्ने सर्वोच्चको फैसलाले कुन कार्कीको पल्ला भारी हुने भन्ने निक्र्योल हुनेछ । यदि तात्कालिन मुख्यमन्त्री केदार कार्की नै सो पदमा पुनर्बहाली हुने या वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने भन्ने फैसला आउने छ ।