फाइल तस्वीर
युक्रेन, असार ६ गते । युक्रेनी विद्युत गृहमा बुधबार राति रूसी आक्रमण भएको प्लान्टका प्रविधिक प्रमुखले बिहीबार बताउनुभएको छ । पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रूसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाई अधिकारीहरूलाई भारतबाट आपूर्ति आयात गर्न बाध्य पारेको छ ।
आक्रमणले गम्भीर डिटेक विद्युत गृहमा क्षति पुगेको छ । आक्रमणबाट तीन कर्मचारी घाइते भएको उल्लेख गरिएको छ ।
विगत तीन महिनामा युक्रेनी पावर प्लान्टहरूमा भएको यो सातौँ ‘ठूलो’ आक्रमण हो । युक्रेनको राष्ट्रिय ग्रिड अपरेटर युक्रेनेर्गोले बिहीबार नागरिक ऊर्जा पूर्वाधारका वस्तुहरूमा ठूलो आक्रमण भएको पुष्टि गरेको छ ।
बुधबार भिन्नयात्सा, डिपरपेट्भोस्क, डोनेस्क, किएभलगायतका क्षेत्रमा पनि उर्जा सुविधा र उपकरणमा आक्रमण हुँदा क्षति पुगेको बताइएको छ तर समाचार तयार पार्दासम्म यससम्बन्धी स्पष्ट विवरण उपलब्ध हुन सकेको छैन ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले एक वर्ष अघिको तुलनामा युद्धग्रस्त देशमा जेनेरेटर क्षमता थप गरी सहयोगीलाई अत्यावश्यक पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन आग्रह गर्नुभएको छ ।
युक्रेनको वायु सेनाले रूसले नौ क्षेप्यास्त्र तथा २७ इरानी डिजाइन गरिएको ड्रोन प्रक्षेपण गरेकोमा चार क्षेप्यास्त्रबाहेक सबै क्षेप्यास्त्रलाई हवाई रक्षा प्रणालीले खसालिएको बताएको छ ।
अत्यावश्यक पूर्वाधारमा लक्षित आक्रमणको मुख्य दिशा युक्रेनको पूर्वमा थियो । जापोरिज्जिया, डोनेट्स्क, खेरसन, खार्किभ र किएभजस्ता क्षेत्रहरूमा पनि हवाई रक्षा प्रणाली सक्रिय गरिएको छ ।