फाइल तस्वीर
काठमाडौँ, असार ३ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँबाट छ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ ।