काठमाडौँ, असार २ गते । साताको पहिलो दिन आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको थियो ।